Logo
Logo

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य पनि पराजित


2.6k
Shares

काठमाडौं । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । 

The current image has no alternative text. The file name is: surendra-Pandey.jpg

एघारौँ महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । उनी महासचिवमा शङ्कर पोखरेलसँग पराजित भएका थिए ।

यस्तै पदाधीकारीमा लडेका अन्य दुई जना पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । उपाध्यक्षमा लडेका गुरुप्रसाद बराल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

उपमहासचिव पदमा ओलीको प्यानलबाटै पराजित भएका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । केन्द्रीय सदस्यमा उनले ६३० मात्रै प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्