Logo
Logo

एमालेमा ८ जना नेता बने पहिलो पटक पदाधिकारी


2k
Shares

काठमाडौं । नेकपा एमालेको १९ सदस्यीय पदाधिकारीमा ८ जना नयाँ अनुहार चुनिएका छन् । 

उपाध्यक्षमा रघुजी पन्त विजयी भएका छन् । सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका पन्तलाई प्रदीप ज्ञवालीले उपाध्यक्ष बन्न अस्वीकार गरेपछि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्यानलमा समेटेका थिए ।

बाँकी ७ जना सचिवमा नयाँ अनुहार आएका छन् । भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत सचिवमा निर्वाचित भएका हुन् ।​

उनीहरूमध्ये सबैभन्दा लोकप्रिय मत बस्नेतले प्राप्त गरे। उनले १५ सय ४४ मत ल्याएर निर्वाचित भएका हुन् ।

एघारौँ महाधिवेशनबाट ८ नयाँ पदाधिकारी प्रवेश गर्दै गर्दा ७ जना निवर्तमान पदाधिकारी बिदा भएका छन् । 

 १९ सदस्यीय पदाधिकारीमा कोको निर्वाचित भए : 

अध्यक्ष
केपी शर्मा ओली : १६६३

उपाध्यक्ष
पृथ्वीसुब्बा गुरुङ: १७३७
विष्णुप्रसाद पौडेल: १६७५
रामबहादुर थापा बादल: १५१६
गोकर्णराज विष्ट: १३६८
रघुजी पन्त: १२५८

महासचिव
शंकर पोख्रेल: १२२८

उपमहासचिव
लेखराज भट्ट: १४५२
योगेश भट्टराई: १३४८
रघुवीर महासेठ: १३६८

सचिव
महेश बस्नेत: १५४४
पद्माकुमारी अर्याल: १५३०
छविलाल विश्वकर्मा: १५०६
शेरधन राई: १५०३
हिक्मतकुमार कार्की: १३३७
खगराज अधिकारी: १२३१
यामलाल कंडेल: ११८५
राजन भट्टराई: ११८१
भानुभक्त ढकाल: ११०८

प्रतिक्रिया दिनुहोस्