Logo
Logo

कांग्रेसले अभिभावकीय भूमिका निभाउनुपर्छ: गगन थापा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले उसले अभिभावकीय जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: gagan-thapa.gif

कांग्रेसले विगतमा आफ्ना आन्तरिक पीडा र घाउ भुलेर राष्ट्रिय जिम्मेवारी निर्वाह गरेको स्मरण गर्दै महामन्त्री थापाले भने, ‘सबै कुरा भुलेर हिंसाको आहालबाट देशलाई बाहिर निकालेको होइन ? त्यसपछि चुनाव हारेकै हो । तर, त्यतिबेला जित–हारको हिसाब गरिएन, राष्ट्रप्रतिको जिम्मेवारी निभाइयो ।’

अहिले पनि कांग्रेसले त्यस्तै भूमिका निर्वाह गर्नुपर्ने समय आएको थापाको भनाइ छ । उनले फागुन २१ गते हुने निर्वाचन वर्तमान व्यवस्था जोगाउन अत्यन्तै महत्वपूर्ण रहेको बताए । पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले तोकिएको मितिमा चुनाव नभई अर्को बाटो रोजिए देश दुर्घटनातर्फ जाने चेतावनी दिए ।

महामन्त्री थापाले बंगलादेश, श्रीलंका, माल्दिभ्स र पाकिस्तानको उदाहरण दिँदै भारतमा निर्वाचन चक्र नटुटेकै कारण लोकतन्त्र अघि बढेको उल्लेख गरे । ‘हार्नेले जित्नेलाई स्वीकार गर्छ, सत्ता हस्तान्तरण सहज हुन्छ,’ उनले भने ।

२०६२र०६३ पछि नेपालमा निर्वाचन चक्र नटुटेको उल्लेख गर्दै उनले समयमै चुनाव गराउने मुख्य जिम्मेवारी सरकारको भएको बताए । दलहरूसँग संवाद गर्दै आशंका हटाउने काम पनि सरकारकै दायित्व भएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्