काठमाडौं । भारत सरकारको सहयोगमा निर्माण गरिएको संखुवासभा जिल्लाको चिचिला गाउँपालिका-३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण गरिएको सो विद्यालयको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष श्री पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा गरेका हुन् ।
विद्यालय भवन र अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो र यसको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको थियो । सन् १९६२ मा संखुवासभा जिल्लामा स्थापना भएको श्री दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुन्छ ।
चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहायोगको प्रशंसा गरे । उनीहरूले नयाँ पूर्वाधारले सिकाइको वातावरणमा सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले भुईंतहमा प्राथमिकता क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै नेपाल सरकारले गरेका विकासका प्रयासहरूमा भारत सरकारको निरन्तर सहयोग रहँदै आएको छ ।











