Logo
Logo

नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन : उपसभापति वाग्ले


504
Shares

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्ले नीति, विचार र सिद्धान्तबिनाको पार्टीको कुनै औचित्य नहुने बताएका छन्। 

The current image has no alternative text. The file name is: wakle.gif

राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका-२ को आज दमौलीमा आयोजित प्रथम वडा अधिवेशनका अवसरमा उनले सो कुरा बताएका हुन् । पार्टीको पहिलो बिम भनेको नीति, विचार र सिद्धान्त रहेको उल्लेख गर्दै डा वाग्लेले विचार बलियो भयो भने प्रतिकूल अवस्थामा पनि पार्टी जीवित रहनसक्ने बताए ।

नीति, विचार र सिद्धान्तबिनाको पार्टी क्षणिक भीडतन्त्र हुनसक्ला तर दिगो रूपमा चल्न नसक्ने उनको भनाइ छ । ‘रास्वपा मूलधारको राजनीतिक बन्न सफल बनेको छ’, उनले भने, ‘पार्टी ठूलो हुँदै गर्दा पार्टीमा थप चुनौती थपिएको छ, यसतर्फ हामी सचेत छौँ ।’

आउँदो फागुन २१ गते हुने निर्वाचनमा सबै राजनीतिक दलले भाग लिएर देशलाई निकासको बाटोमा लैजान लाग्नुपर्नेमा उनले जोड दिए ।  विसं २०७९ को निर्वाचनमा तीन हजार सदस्य रहेको रास्वपाको दुई लाख ५७ हजार पुगेको उनले दाबी गरे । ३८ वटा देशमा सङ्गठन, ७७ वटै जिल्लामा सङ्गठन विस्तार र ५०० बढी पालिकामा पार्टीको उपस्थिति रहेको उनले उल्लेख गरे । 

समाजलाई समृद्धिको बाटोमा रास्वपा लैजान्छ भन्ने विश्वास आमनागरिकमा जगाउन आवश्यक रहेकोसमेत उनले बताए । 

प्रतिक्रिया दिनुहोस्