
काठमाडौं । नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेल नियुक्त भएका छन् । सन् २०१७ देखि नेपालका लागि डेनमार्कका वाणिज्यदूत रहेका धरेललाई डेनमार्क सरकारको प्रस्तावमा परराष्ट्र मन्त्रालयले हालै महावाणिज्यदूतमा पदोन्नति गरेको हो ।
नेपालको अनररी कन्सलसम्बन्धी नियमावली २०३९ (४) बमोजिम धरेललाई डेनमार्क अधिराज्यको कन्सल जनरल पदमा नियुक्त गरिएको हो ।
नेपालको पर्वतीय पर्यटन क्षेत्रमा विगत ३५ वर्षदेखि व्यावसायिक रुपमा कार्य गरिरहेका धरेलले विगत आठ वर्षदेखि कूटनीतिक क्षेत्रमा पनि सक्रिय रही नेपाल–डेनमार्क सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न विभिन्न काम गर्दै आएका छन् ।











