Logo
Logo

खराब मौसमका कारण आधा दर्जन विमानस्थल बन्द


567
Shares

काठमाडौं । शुक्रवार प्रतिकूल मौसमका कारण आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् ।

The current image has no alternative text. The file name is: lukla-airport-hussu.jpg

खराब मौसमका कारण जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज उडान नै हुन नसकेको बुद्ध एयरले जनाएको छ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई भैरहवा लैजाने तयारी गरे पनि भैरहवामा जहाज उड्न नसक्दा चितवनको भरतपुर विमानस्थलका लागि उडाइएको छ ।

तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा उडान तथा अवतरण प्रभावित बनेको हो । यसले हजारौँ यात्रु प्रभावित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्