Logo
Logo

क्यानको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण, डंगोल फिर्ता


819
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको निमित्त महानिर्देशकको जिम्मेवारी देवचन्द्रलाल कर्णलाई दिइएको छ ।

The current image has no alternative text. The file name is: devchandra.jpg

यसअघि उक्त जिम्मेवारी सम्हालिरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई फिर्ता बोलाइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको मन्त्रीस्तरीय निर्णयअनुसार कर्णलाई निमित्त महानिर्देशक नियुक्त गरिएको प्राधिकरणले जनाएको छ । उक्त निर्णय बिहीबार भएको हो ।

निर्णयको पत्र प्राप्त भएपछि शुक्रबार कर्णले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार निलम्बनमा रहेका महानिर्देशक प्रदीप अधिकारीको कार्यकाल माघ १७ गतेसम्म रहेकाले सो अवधिसम्म कर्णले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हाल्नेछन् ।

माघ १७ पछि क्यानका पूर्णकालीन महानिर्देशक नियुक्तिका विषयमा मन्त्रिपरिषद्बाट नयाँ निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्