Logo
Logo

शनिबार नेकपाको एकता सन्देश सभा, ५० हजार सहभागी हुने दाबी


819
Shares

काठमाडौँ । शनिबार भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभामा करिब ५० हजार मानिस सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी नेकपाले दाबी गरेको छ ।

The current image has no alternative text. The file name is: amale-1.jpg

बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको उक्त सभामा ठूलो संख्यामा नेता–कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुसहरू भेला हुनेछन् । सबै जुलुस एकीकृत भएपछि दिउँसो सवा १२ बजेदेखि भृकुटीमण्डपतर्फ जुलुस अघि बढ्ने कार्यक्रम रहेको छ ।

‘एकता सन्देश सभामा ५० हजार मानिस आउने हाम्रो अपेक्षा छ । जुलुसको नेतृत्व पार्टीको दोस्रो तहका नेताहरूले गर्नुहुनेछ,’ भट्टराईले भने, ‘सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकाबाट सुरु हुने जुलुस बागबजार र पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुनेछ ।’

शीर्ष नेताहरू जुलुसमा सहभागी नहुने र सिधै मञ्चमा प्रवेश गर्ने उनले बताए । सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, वामदेव गौतम, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा भृकुटीमण्डपको तीनकुने सडकतर्फ आयोजना हुनेछ ।

कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वटा वामपन्थी घटक एकीकृत भई नेकपा गठन भएको थियो । पार्टी एकताको सन्देश दिन नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्