काठमाडौं । नेकपा एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने भएको छ । दोस्रो विधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका हुन् ।

जारी केन्द्रीय कमिटी बैठकको हलले उक्त प्रस्ताव निर्णयार्थ पेश गरेको छ । ‘पार्टीको दोस्रो विधान महाधिवेशनबाट संशोधित विधानमा राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने,’ महासचिव पोखरेलले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा प्रस्ताव गरेका छन् ।
त्यस्तै, नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यलाई जिम्मेवारी प्रदान गर्ने अख्तियारी केन्द्रीय सचिवालयलाई प्रदान गर्ने प्रस्ताव पनि निर्णयका लागि प्रस्तुत भएको छ ।











