काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको हो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्मा पेश भएको अध्यादेश अनुसार, दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा निर्धारण गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची संशोधन गर्न अध्यादेश जारी गर्न परेको हो ।











