Logo
Logo

बङ्गलादेशको अखवार भवनमा आगजनी, २५ जना पत्रकारको उद्धार


315
Shares

एजेन्सी । ढाकाको कावरान बजार स्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउदा कार्यलयमै फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको छ ।

The current image has no alternative text. The file name is: bangladesh-1.jpg

बिडी न्यूजका अनुसार आक्रोशित भीड शुक्रबार अखबारको कार्यालयमा आइ आगो लगाउनु अघि तोडफोड गरी नारा लगाएको र आगो लगाएको जनाइएको छ । भिडले उनीहरूको बाटो अवरुद्ध गरेको कारण केही समयका लागि अग्निशमन सेवा भवनमा पुग्न नसकेको पत्रकारहरूलाई उदृत गर्दै बिडी न्यूजले जनाएको छ ।

फोन र सामाजिक सञ्जाल मार्फत सहयोग र ज्यान बचाउन आग्रह गर्दै छतमा भागेको र दमकलकर्मीहरू अन्ततः घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइ उद्धार गरेको उनीहरुलाई उदृत गर्दै बिडी न्युजले जनाएको छ । बिडी न्यूजका अनुसार घटना स्थलमा सुरक्षाको लागि सेना तैनाथ गरिएको छ । न्यु एजका सम्पादक नुरुल कबिर सँगै पत्रकारहरूलाई बाहिर निकाल्दै सैनिकहरू देखिएको जनाइएको छ ।

बङ्गलादेशका अन्तरिम सरका प्रमुख मुहम्मद युनुसले राष्ट्रमा शान्ति कायम राख्न र कानून प्रवर्तनलाई व्यावसायिक रूपमा अनुसन्धान गर्न अनुमति दिन नागरिकहरूलाई अपिल गर्दै सरकार विधिको शासन कायम राख्न र लोकतान्त्रिक प्रगतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रलाई सम्बोधन गर्दै युनुसले भने “म देशका सबै नागरिकहरूलाई धैर्य र संयमता कायम राख्न आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्