Logo
Logo

अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ : रवि लामिछाने


1k
Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि भएको अन्यायको हिसाब मिलाउन बाँकी रहेको बताएका छन् ।

शुक्रवार जिल्ला अदालत रुपन्देहीमा धरौटी बुझाएर रिहा भएका लामिछानेले यस्तो बताएका हुन् । उनले अहिले आफ्नो बोल्ने समय नआएको समेत बताए । अन्यायको हिसाब मिलान भएपछि धेरै बोल्ने समेत उनले बताए । 

बिहीबार उच्च अदालत बुटवलले बैङ्क ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए ।

लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका हुन् । लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्