Logo
Logo

मिलन लिम्बू रास्वपाको समानुपातिक सूचीमा


2.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मिलन लिम्बू प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूचीमा परेका छन् ।

रास्वपाले सार्वजनिक गरेको समानुपातिकको प्रारम्भिक सूचीमा उनको नाम परेको हो । आदिवासी जनजाति क्लस्टरको सूचीमा परेका उनी अब रास्वपाको प्राइमरी इलेक्सनमा सहभागी हुनेछन् ।

नेता लिम्बू ०८१ वैशाखमा इलाम– २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार बनेका थिए । पत्रकारितामा करिब दुई दशक बिताएका लिम्बू आदिवासी जनजाति आन्दोलनमा स्थापित नेता हुन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को महासचिवसमेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्