Logo
Logo

३० वर्ष अमेरिकामा बस्ने नेपालीसहित ७५ जना डिपोर्ट


1.8k
Shares

काठमाडौँ । अमेरिकामा स्थायी बसोबास पीआर पाएका एक जना नेपाली नागरिक पिआर नवीकरण नभएको कारण निष्कासनमा परेका छन् ।

The current image has no alternative text. The file name is: tu-airport.gif

बिहीबार उनी नेपाल फर्किएका छन् भने उनीसहित ७५ जना नेपाली नागरिक डिपोर्ट भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरो एचटीआईबीका एसएसपी कृष्ण पङ्गेनीका अनुसार चार्टर्ड विमानमार्फत फर्काइएका व्यक्तिहरूलाई सोधपुछ पछि पठाइएको हो। डिपोर्ट भएका मध्ये दुई जना भिजिट भिसामा लुकेका थिए भने ७२ जना अवैध रूपमा तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए । तीमध्ये ७२ जना पुरुष र ३ जना महिला रहेका छन् ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना भएदेखि अहिलेसम्म कुल ६६६ जना नेपाली अमेरिकाबाट फर्काइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता हालसम्म ४३९ जना नेपाली निष्कासनमा परेका छन् ।

निष्कासनमा परेका मध्ये ३ जनाले अमेरिका पठाउने गिरोहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्