Logo
Logo

शरीरमा विष बोकेर बाँचेको छु, जेनजीको रगत खेर जान दिन्नँ : रवि लामिछाने


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनवासीलाई सम्बोधन गरेका छन् । लामो समयको हिरासत बसाईपछि शुक्रबार मात्रै भैरहवा कारगारबाट रिहा भएका लामिछानेले भरतपुरको चौबीसकोठी पुगेर नेपालको झन्डा फहराउँदै विशेष सम्बोधन गरेका हुन् ।

उनले भने, ‘चितवनको चौबीसकोठीले हाम्रो लागि इतिहास बोकेको छ । चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ । मलाई अन्याय पर्दा तपाईँहरूले साथ दिनुभएको छ । देशलाई तिर्ने तपाईंहरूको गुन संवाहक बनेर देशलाई तिर्नेछु ।’

साथै उनले आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विष लिएर अहिले पनि आफू बाँचिरहेको टिप्पणी गरे । ‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु,’ उनले भने, ‘मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ । म यो विषय लिएर पनि लड्छु । जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ ।’

सो क्रममा उनले पुराना पुस्ताका नेताहरूतर्फ इंगित गर्दै उनीहरूले देशलाई नै दुख दिएको र त्यसको अगाडि आफूलाई दिएको दुख केही नभएको पनि बताए ।

‘यिनले मलाई अन्याय गरे मलाई थुने, दुख दिए भनेर के चित्त दुखाउनु । सिंगो देशलाई दुख दिएका छन् । सिंगो देशको अगाडि मलाई दिएको दुख केही होइन,’ उनले भने, ‘सिंगो देश र पुस्तालाई दिएको दुखको हिसाब मिलाउनु छ । यिनीहरूसँग लड्नु र बदला लिन कुनै जरुरी छैन ।’

प्रतिक्रिया दिनुहोस्