Logo
Logo

ओलीलाई इङ्गित गर्दै रविले भने: ममाथि प्रतिशोध साँध्ने हेलिकप्टरमा झुन्डिएर भाग्नपर्‍यो


945
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गर्दै प्रतिशोधपूर्ण व्यवहार गर्ने नेता हेलिकप्टरमा झुन्डिएर भाग्न बाध्य भएको टिप्पणी गरेका छन् ।

The current image has no alternative text. The file name is: rabi-lamichane.jpg

शनिवार चितवनमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूमाथि झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएको र त्यसको भागाभाग सबैले देखेको बताए । 

एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै उनले भने, ‘मलाई झुटा मुद्दा लगाएर फसाउने सरकारको भागाभाग हामी सबैले देख्यौँ । प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भाग्नुपर्‍यो ।’ उनले त्यही सरकारले आफूमाथि लगाएको मुद्दा बोकेर बाँच्नुपरेको गुनासो पनि गरे । 

लामिछानेले व्यक्तिगत लाभका लागि केही नगरेको दाबी गर्दै रास्वपा देश र जनताका पक्षमा लड्ने पार्टी भएको बताए । प्रतिनिधिसभा निर्वाचनमा विजयी भए पनि मन्त्री बन्न नपाउने प्रश्न उठिरहेको प्रसङ्गमा उनले भने, ‘सांसद जिते पनि मन्त्री बन्न पाउँदैन रे भन्दै पत्रकारहरूले प्रश्न गर्छन् । यो हुन पाउँदैन रे, ऊ हुन पाउँदैन रे । के मान्छे मात्र भएर बाँच्न पाउँछु मरु मान्छे भएर बाँचे पनि भ्रष्टाचारविरुद्ध उभिनेछु ।’

प्रतिक्रिया दिनुहोस्