Logo
Logo

रविले भेटे जेनजी आन्दोलनका शहीद परिवार


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहीद परिवारसँग भेट गरेका छन् । 

The current image has no alternative text. The file name is: rabi-lamichane-1.jpg

शनिबार काठमाडौं आएलगतै रविले  बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहीद परिवारसँग छलफल गरेका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए ।

सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ । उनले जेनजी र जेनजी शहीद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यबद्धता रहेको जिकिर गरे ।

शहीद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि हत्या हुँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्