
काठमाडौैं । राष्ट्रिय सभाअन्तर्गत दुई वटा संसदीय समितिको संयुक्त बैठक आज बस्ने भएको छ । विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्न लागेको हो ।
बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।











