Logo
Logo

गुण्डुमा रास्वपाको घरदैलो


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ आकाङ्क्षी उम्मेदवारले भक्तपुरको गुण्डु क्षेत्रमा घरदैलो प्रचार गरेका छन् ।

The current image has no alternative text. The file name is: rasapa.jpg

समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत आकाङ्क्षी प्रदीप तिमिल्सिना (साजन) को नेतृत्वमा गुण्ड क्षेत्रमा घरदैलो गरिएको हो । रास्वपाले ४ पुसमा समानुपातिकतर्फ आकाङ्क्षीहरूको सूची सार्वजनिक गरेको थियो ।

पार्टीले बनाएको मापदण्ड अनुसार प्रारम्भिक मतदान मार्फत उम्मेदवार छनोटको विधि बनाइएको छ । समानुपातिकतर्फका आकाङ्क्षीलाई सबै क्षेत्रबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेकाहरूसँग रास्वपाले हिजो सबै प्रदेशमा छलफल राखेको थियो । रास्वपाबाट समानुपातिक उम्मेदवारका आकाङ्क्षी ३५३ जनाको नाम सार्वजनिक गरिएको छ । आन्तरिक छनोटका विधिहरू सकेर १४ पुसमा अन्तिम सूची प्रकाशित गर्ने रास्वपाले जनाएको छ ।

गुण्डु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भएको क्षेत्र पनि हो ।

प्रतिक्रिया दिनुहोस्