Logo
Logo

इमरान खानको सजायपछि देशव्यापी आन्दोलनको आह्वान


441
Shares

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफू र पत्नी बुशरा बिबीलाई तोसाखाना-२ भ्रष्टाचार मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएपछि देशव्यापी आन्दोलनको तयारी गर्न समर्थकहरूलाई आह्वान गरेका छन् ।

The current image has no alternative text. The file name is: Imran-khan.gif

उनले फैसलाविरुद्ध इस्लामाबाद उच्च अदालतमा चुनौती दिने सङ्केत गरेका छन् ।

हिरासतमा रहेका खानले कानूनी टोलीमार्फत खैबर पख्तुनख्वाका मुख्यमन्त्रीलाई सडक आन्दोलनको तयारी गर्न निर्देशन दिँदै “सम्पूर्ण राष्ट्रले आफ्ना अधिकारका लागि उठ्नुपर्छ” भन्ने सन्देश पठाएका छन् ।

अदालतको फैसलालाई उनले आधारहीन र हतारमा गरिएको भन्दै कानूनी प्रक्रिया नअपनाइएको आरोप लगाएका छन् ।

पाकिस्तान तहरिक–ए–इन्साफ ९पिटिआई० ले फैसलालाई असंवैधानिक र राजनीतिक प्रतिशोधको चरम रूप भनेको छ । तोसाखाना–२ मुद्दा साउदी क्राउन प्रिन्सबाट प्राप्त करिब ७ करोड १० लाख पाकिस्तानी रुपैयाँ बराबरको गहना प्रकरणसँग सम्बन्धित छ, जसमा खान र बुशरा बिबी दोषी ठहर भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्