Logo
Logo

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार प्रविनलाई


441
Shares

काठमाडौं । पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गरेको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान’ यस वर्ष फोटो पत्रकार प्रविन कुलुङ राईलाई प्रदान गरिएको छ ।

आइतबार ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालस्थित सभा हलमा राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपीजे० नेपालको २८ औँ साधारण सभाको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तको हातबाट राईलाई नगद १० हजारसहित सम्मान(पत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्