काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । दुबईमा आइतबार भएको फाइनलमा भारतविरुद्ध पाकिस्तानले १९१ रनको जित निकाल्दै उपाधि जितेको हो ।

पाकिस्तानले दिएको ३४८ रनको उच्च लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउन भयो । ओपनर वैभभ सूर्यवंशीले विष्फोटक सुरुवात गरेपनि उनी २६ रनमा आउट भएपछि भारतको विकेट पतन सुरु भएको थियो । भारतले ६८ रन जोड्दा ५ विकेट गुमाएको थियो । दशौं ब्याटर दिपेश देवेन्दरले १६ बलमा ३६ बनाए ।
पाकिस्तानका लागि अली राजाले ४ तथा मोहमद श्याम, अब्दुल सुभन र हुजैफा आसनले समान २ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३४७ रनको विशाल योगफल तयार पारेको थियो । ओपनर समिर मिनहासले विस्फोटक ब्याटिङ गर्दै १७२ रन बनाए । उनले बनाएको यो रन पाकिस्तानी यू १९ क्रिकेटरले बनाएको अहिलेसम्मकै सर्वाधिक स्कोर हो । ११३ बलको सामना गरेका उनले ९ छक्का र १७ चौका प्रहार गरे । अहमद हुसेनले ५६ र उस्मान खानले ३५ रन बनाए ।
भारतका लागि दिपेश देवेन्द्रले सर्वाधिक ३ विकेट लिए। हेनिल पटेल र खिलाल पटेलले समान २ विकेट लिए ।












