Logo
Logo

टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा


441
Shares

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ मा हुने आइसीसी टी-२० पुरुष विश्वकपको तयारीका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

The current image has no alternative text. The file name is: cricket.gif

क्यानले विश्वकप लक्षित ‘क्याम्प’ (बन्द प्रशिक्षण) का लागि २४ जना खेलाडीलाई बोलाएको हो । क्यानले सार्वजनिक गरेको सूचीमा कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी लगायतका अनुभवी खेलाडीहरू रहेका छन् । 

टोलीमा आदिल अन्सारी, ईशान पाण्डे, शेर मल्ल र रुपेश के सिंह जस्ता खेलाडीहरूलाई पनि समेटिएको छ ।

भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आगामी टी-२० विश्वकपलाई मध्यनजर गर्दै क्यानले अहिलेदेखि नै प्रशिक्षण सुरु गर्न लागेको हो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरू :

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी र रुपेश के सिंह ।

प्रतिक्रिया दिनुहोस्