Logo
Logo

बयान दिन्नँ, गोली ठोके हुन्छ : केपी ओली


0
Shares

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई कुनै बयान नदिने अडान लिएका छन् ।

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा बयान लिने तयारी गरिरहेको बेलामा उनले त्यसका लागि आफू तयार नरहेको बताएका हुन् । एमालेको तेस्रोपटक अध्यक्ष निर्वाचित भएपछि पहिलो पटक हिमालय टिभीको अन्तर्वार्तामा ओलीले बरु आफू गोली खान र जेल जान तयार रहेको तर बयान नदिने बताएका हुन् ।

बयान यदि मान्नु भएन भने चाहिं ‘हामी यसरी गरेर भए पनि ल्याउँछौ, त्यसरी गरेर भए पनि ल्याउँछौ’ भन्ने भाषा छ सरकार पक्षबाट आइरहेको छ नि भन्ने प्रश्नमा ‌ओलीको जवाफ छ! बयान दिन मानेन भने गोली ठोके हुन्छ नि ! यत्रो कसुर गर्ने, बयान दिन नमान्ने, नतिजा आइसक्यो, जाँच दिन्न भन्ने… यत्रो कसुर गर्नेलाई त हान्दिनु नि गोली ! उहाँहरूसँग छ नि त बन्दुक ! के सानातिना कुरा गरिराख्या ? भएन भने आजीवन थुन्दिने, बयान नगरे बापत ।’

उनले बयानका लागि भन्दै आफ्नै घरमा आए आफूले चिया खुवाएर पठाउने उल्लेख गरे । ‘मैले कति पल्ट भन्नु, बयान दिनुपर्ने छैन । तपाईंले रिजल्ट निकालिसक्नुभयो, फेरि जाँच म किन दिने ? त्यसको अर्थ उहाँहरूसँग बोलचाल बन्द गर्छु भनेको होइन । मेरो कुराकानी हुन्छ। कुरा हुन्छ। बयान भन्ने कुरा व्यक्तिको स्वेच्छाको कुरा होइन र ?’

प्रतिक्रिया दिनुहोस्