Logo
Logo

नेकपाका नेता रमेशबाबुको गीत ‘लाल तारा’ सार्वजनिक


630
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रमेशबाबु श्रेष्ठको चुनावचिह्न केन्द्रित गीत ‘लाल तारा’ सार्वजनिक भएको छ । भृकुटीमण्डपमा शनिबार आयोजित सन्देश सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतको उपस्थितिमा ‘लाल तारा’ सार्वजनिक गरिएको हो ।

लाल तारामा स्मिता दाहाल र रामकुमार नेपालीको स्वर छ । संगीत पनि रामकुमारले नै दिएका छन् । मुर्चुंगा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सञ्जय श्रीपाल र रमेश नेपालीले प्राविधि काम गरेका छन् । सुनीता खपांगीमगर, नानु बुर्जामगर र पविन्द्र सुनार सहायक कलाकारको भूमिकामा छन् । उक्त गीतको निर्देशन हुसेन मियाँले गरेका छन् ।

लाल तारामा कम्युनिस्ट आन्दोलनको एकता र परिवर्तनको सन्देश दिइएको गीतकार श्रेष्ठले जानकारी दिए। गीतकार श्रेष्ठ रामेछाप भंगेरीमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ जन्मिएकै घरका सदस्य हुन्। उनी बुबा स्व.नारायणबाबु र दाइ नरेशबाबुको प्रेरणाले राजनीतिमा होमिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्