Logo
Logo

सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता  


693
Shares

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीए–नेपाल) ले अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत आयोजनाका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।

The current image has no alternative text. The file name is: Mcc-NEpal.gif

सोमबार काठमाडौंमा भएको कार्यक्रममा एमसीए-नेपालले पूर्व-पश्चिम राजमार्गको धानखोला-लमही खण्डको ४० किलोमिटर सडक स्तरोन्नतिका लागि शर्मा–कुमार जोइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरेको हो । 

यसमा नेपालमा पहिलोपटक ‘फुल डेप्थ रिक्लेमेसन’ र ‘सुपरपेभ’ प्रविधि प्रयोग गरिनेछ, जसले सडकलाई ७ मिटर क्यारिजवे र दुवैतर्फ २.५ मिटर सोल्डरसहित १२ मिटर चौडा बनाइनेछ ।

यसैगरी, धानखोला-लमही स्तरोन्नति र नारायणघाट-मुग्लिङ सडक खण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग ३७ लाख डलरको सम्झौता भएको छ । 

प्रतिक्रिया दिनुहोस्