एजेन्सी । जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार प्रक्षेपण गरिएको ‘एच–३ रकेट’ले ‘मिचिबिकी नम्बर ५’ उपग्रह कक्षमा पुर्याउन नसकेको जनाएको छ। ‘मिचिबिकी नम्बर ५’ जापानको क्वासी–जियोस्टेशनरी स्याटेलाइट प्रणाली क्युजेडएसएस अन्तर्गतको पाँचौं उपग्रह हो।

उक्त उपग्रहको मुख्य उद्देश्य जीपीएस संकेत सुधार गरेर स्मार्टफोन, कारको नेभिगेसन प्रणाली र अन्य स्थान–निर्धारित सेवाहरूमा स्थान निर्धारणको शुद्धता बढाउनु हो ।
जापानको अन्तरिक्ष अनुसन्धान निकायले आठौं एच–३ रकेट कागोशिमा स्थित तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट बिहान १०स्५१ बजे प्रक्षेपण गरेको थियो । तर दोस्रो चरणको इन्जिन समयभन्दा पहिले बन्द भएपछि रकेट प्रक्षेपण असफल भएको हो ।
अन्तरिक्ष निकायले हाल परिस्थितिको मूल्याङ्कन गर्दै इन्जिन बन्द हुनुको कारण पत्ता लगाउने काम गरिरहेको छ। ‘मिचिबिकी नम्बर ५’ उपग्रहको असफलताले मोबाइल फोन, सवारी साधनका नेभिगेसन प्रणाली र अन्य स्थान–निर्धारण सेवाहरूमा सुधार गर्ने योजनामा असर पर्ने अपेक्षा गरिएको छ।












