काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै गुन तिर्न आफू अदालत धाइरहेको बताएका छन् ।

ओलीले टेलिभिजन अन्तर्वार्तामा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति दिएका थिए ।
यसै विषयमा आज काठमाडौं जिल्ला अदालतमा तारेख लिएर फर्किएका उनले ओलीमाथि व्यङ्ग्य गरेका हुन् ।
‘केपी ओलीले गुन लगाएको भन्नु भएको छ । त्यही गुन तिर्न अदालत धाइरहेको छु । सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्ने छ,’ उनले भने, ‘जीउमा किला ठोकेजस्तो भएको छ अन्य अदालतमा जाँदै छु हाजिर गर्नुपर्नेछ । म आज यहाँ आएँ अब एक हप्ताभित्र अन्यत्र पनि जाँदै छु । बिख शरीरभरि बाँकी नै छ ।’












