काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र बालेन शाहले सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भई बयान दिएका छन् ।

आयोगले आन्दोलनसम्बन्धी विषयमा धारणा राख्न भन्दै बालेनलाई बोलाएको थियो ।
यद्यपि आयोगमा उनले दिएको बयानको विवरणबारे मेयर शाहको सचिवालयले औपचारिक जानकारी दिएको छैन ।












