काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई संकटको रूपमा होइन, परिवर्तन र खुशीको घडीका रूपमा लिन आग्रह गरेकी छन् ।

सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय बैठकमा बोल्दै उनले नेपालमा भएका परिवर्तनहरू निर्वाचनकै माध्यमबाट आएको उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले वर्तमान चुनौती युवा वर्गलाई अगाडि ल्याउनु रहेको बताउँदै जेनजी आन्दोलनले मुलुकलाई परिवर्तनको अनुभूति गराएको भनिन् । उनले राजनीतिक दलको भागबन्डाको असर जनतामाथि पर्न नहुने स्पष्ट गर्दै जनताकै चाहना र माग केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।












