काठमाडौं । विद्युतीय कारोबारसम्बन्धी कसुरमा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर धरौटी बुझाएर रिहा भएका छन् भने उनकी पन्ती अनुजा श्रेष्ठ पक्राउ परेकी छन् ।

उनीहरुविरुद्ध रश्मिला धामीले विद्युतीय करोबारसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । त्यससम्बन्धी मुद्दामा आज जिल्ला काठमाडौंमा अदालतमा पेसी तोकिएको थियो ।
थुनछेक बहसमा महरसँगै एक लाख धरौटी माग गरिएको थियो । उनी एक लाख धरौटी बुझाएर रिहा भएको भएका हुन् ।
त्यही मुद्दामा साइबर ब्यूरोको टोलीले अनुजा श्रेष्ठलाई पक्राउ गरेको हो । उनको थुनछेक बहस नसकिएकाले मङ्गलवार अदालतमा पेस गरिने भएको छ ।












