Logo
Logo

इन्भेष्टमेन्टको विशेष साधारणसभाबाट सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । वाणिज्य बैंकहरुमध्ये अग्रणी बैंकको रुपमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘ग’ वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि यही मिति २०७७ असोज २८ गते बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा विशेष साधारणसभा सम्पन्न भयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट सामाजिक दूरी कायम गर्ने निर्देशनको समेत पालना गर्दै बैंकले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको थियोे । यस विशेष साधारणसभाबाट सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता शेयरवापत नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३० कित्ता शेयर दिने शेयर स्वाप अनुपातमा सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भयो । रु. ४० करोड चुक्ता पूँजी रहेको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेको चुक्ता पूँजी रु १४.३७ अर्ब हुनेछ र प्रवद्र्धकहरुको शेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु शेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले हाल ८३ वटा शाखा, १२५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्