काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवाले अब देशको नेतृत्व गर्ने समय आएको बताएका छन् ।

मंगलबार काठमाडौंमा शहीद स्मृति स्पोर्ट्स एकेडेमीद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले जेनजी आन्दोलनपछि युवा पुस्तामा नेतृत्वप्रति बढ्दो चाहना देखिएको उल्लेख गरे।
उनले युवाहरूले आफ्ना अग्रजहरूलाई सम्मान गर्दै उनीहरूको अनुभवबाट सिकेर आफूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको बताए ।
पुनले आगामी निर्वाचनमा ५० प्रतिशतभन्दा बढी उम्मेदवार युवामध्येबाट उठाउने तयारी पार्टीले गरिरहेको जानकारी पनि दिए ।












