Logo
Logo

उपरथी प्रकाश राज थापालाई दर्ज्यानी चिन्ह प्रदान


0
Shares

काठमाडौं । प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रकाश राज थापालाई जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका २ जना महासेनानीहरुलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्