Logo
Logo

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा १४३ सांसदको हस्ताक्षर बुझाइयो


1.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेपाली काँग्रेसका ६५ तथा अन्य दलका ३ गरी कुल ६८ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा दर्ता भएको छ । योसँगै संसद् पुनर्स्थापनाको पक्षमा १४३ जना सांसदको हस्ताक्षर पुगेको छ । 

The current image has no alternative text. The file name is: court.jpg

कांग्रेसले मङ्गलवार पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेस नियुक्त गरी हस्ताक्षरसहितको पूरक रिट दर्ता गरेको हो ।  यसअघि मङ्सिर २३ गते कांग्रेसका ८ सांसदले दायर गरेको रिटमा थप ६० सांसदको हस्ताक्षर आज संलग्न गरिएको छ ।

भोलि संवैधानिक इजलासमा यसको पेसी तोकिएको छ। कांग्रेसबाहेक जनता समाजवादी पार्टी (अशोक राई पक्ष), जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् । जसपा की हसिना खान, जनमतकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सिंहदरबारस्थित कांग्रेस संसदीय दल कार्यालयमा पुगेर हस्ताक्षर गरेका हुन् । 

यसअघि एमालेका ७५ सांसदले मङ्सिर १० गते संस्थागत रूपमा हस्ताक्षरसहित रिट दर्ता गरिसकेका छन् । कांग्रेसको भने संस्थागत नभई व्यक्तिगत हस्ताक्षरमा आधारित छ । अब दुवै पक्षका हस्ताक्षर जोड्दा १४३ सांसद पुग्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्ने भएकाले यो सङ्ख्या बहुमतभन्दा बढी हो । 

कांग्रेस र एमालेले बहुमत सांसदको हस्ताक्षरले सर्वोच्चलाई प्रतिनिधिसभा पुनर्स्थापना गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।रिटमा गत भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै सो नियुक्ति खारेज गरी संसद्भित्रैबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन परमादेश माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्