Logo
Logo

मकवानपुर-१ बाट राप्रपाका दीपक सिंह एकल सिफारिस


441
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-१ बाट दीपक बहादुर सिंहको एकल नाम सिफारिस भएको छ ।

राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर-१ को क्षेत्रीय समितिको बैठकले मंगलबार प्रत्यक्षतर्फ सिंहको एकल नाम सिफारिस गरेको हो ।

बैठकले समानुपातिकतर्फ उमेश थापा,नवराज थपलिया, अरुण लामा, मनोज कुमार मोक्तान, बालकृष्ण श्रेष्ठलाई सिफारिस गरेको छ ।

यस्तै बैठकले सरस्वती कुमारी थिङ, मनिषा स्याङतान, हिरा कुमारी भट्ट, हिरा चौरेल, सन्देश परियार, दिपु सुनार र शुक्रराज प्रजाको नाम समेत सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्