जनकपुरधाम । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर-४ बाट नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस गरिएको छ ।

क्षेत्रीय समितिको भेलाले प्रत्यक्षतर्फका उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको हो । जसअनुसार पहिलो नम्बरमा प्रचण्ड र दोस्रो नम्बरमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
यस्तै, समानुपातिकतर्फ अरबिन्द दाससहित पाँच जनाको नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभातर्फ राजेन्द्रप्रसाद साहसहित चार जनाको नाम सिफारिस गरिएको छ ।












