Logo
Logo

रवीन्द्र मिश्रको नाम पर्सा-३ बाट पनि सिफारिस


0
Shares

काठमाडौँ । आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको नाम पर्सा निर्वाचन क्षेत्र नम्बर-३ बाट पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।

The current image has no alternative text. The file name is: rabindra-mishraA.jpg

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-१ मा उनको उम्मेदवारीलाई लिएर विवाद चर्किरहेका बेला पर्सा-३ को क्षेत्रीय कार्यसमितिले मिश्रलाई प्रत्यक्षतर्फ पहिलो नम्बरमा राख्दै केन्द्रमा नामावली पठाएको हो ।

मंगलबार क्षेत्रीय अध्यक्ष नरेन्द्रप्रसाद चौरसियाको अध्यक्षतामा बसेको क्षेत्रीय भेलाले मिश्रसहितका उम्मेदवारहरूको नाम टुंगो लगाएको हो । भेलाअनुसार पर्सा-३ बाट प्रत्यक्षतर्फ रवीन्द्र मिश्र, अंगद ठाकुर, नगिना कुमार यादव, नरेन्द्रप्रसाद चौरसिया र दिपेश साहको नाम सिफारिस गरिएको छ ।

पर्साबाट पनि नाम सिफारिस भए तापनि मिश्र भने काठमाडौँ-१ बाटै निर्वाचन लड्ने तयारीमा रहेका छन् । तर, काठमाडौँ-१ बाट दुई फरक–फरक नामावली केन्द्रमा सिफारिस भएपछि पार्टीभित्र विवाद सतहमा आएको छ ।

एक समूहले पुस १ गते मिश्रबाहेक पूर्वअध्यक्ष पशुपति शमशेर राणा, सह-कोषाध्यक्ष सोभित उप्रेतीलगायतको नाम सिफारिस गरेको थियो । त्यसपछि पुस ६ गते मिश्रकै सहभागितामा पुनः बैठक बसेर उनलाई पहिलो नम्बरमा राख्दै अर्को नामावली केन्द्रमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्