Logo
Logo

सुमन सायमी काठमाडौं-८ र ९ बाट सिफारिस


1.5k
Shares

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौं क्षेत्र नम्बर ८ र ९ बाट पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमीको नाम सिफारिस गरेको छ ।

The current image has no alternative text. The file name is: suman-.jpg

पार्टीको काठमाडौं जिल्ला समितिका अनुसार सायमीलाई दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने सिफारिस गरिएको हो ।

त्यसैगरी, काठमाडौं क्षेत्र नम्बर ७ बाट पार्टीका केन्द्रीय प्रवक्ता रविन्द्रकुमार श्रेष्ठलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

पार्टीले संगठन विस्तार र विभिन्न जनआन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएका अनुभवी नेतृत्वका रूपमा दुवै नेताको नाम अघि सारिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्