प्रहरी दिवस शुक्रबार, पूर्व एसपी केसीलाई लाइफटाइम अवार्ड


Published On : 14 October, 2020

काठमाडौं, २८ असोज ।
नेपाल प्रहरीले आगामी शुक्रबार प्रहरी दिवस मनाउने भएको छ । कोरोना महामारीका कारण यसपटकको प्रहरी दिवसमा विगतमा जस्तो तामझाम हुने छैन ।

This undated image shows the building of Nepal Police Headquarters in Naxal, Kathmandu.

थोरै अतिथि बोलाएर प्रहरी दिवस मनाउने प्रहरी प्रधान कार्यालयको तयारी छ । प्रहरी दिवसमा प्रदान हुने प्रहरी ब्याटन यो वर्ष स्थगित भएको छ । अन्य पुरस्कार भने यथावन् छन् ।
पूर्व एसपी तुला केसीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने निर्णय भएको स्रोत बताउँछ । त्यस्तै, बिशेष ब्यूरो, ललितपुर परिसर र प्रदेश नम्बर २ का सईले उत्कृष्ट अनुसन्धानकर्ता प्रहरीको पुरस्कार पाउने भएका छन् ।
प्रहरी दिवसको कार्यक्रममा सरकारी सञ्चार माध्यमलाई मात्र बोलाउने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्