
काठमाडौं । क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरका मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घषणा गरेको प्रहरीले जनाएको छ ।
उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् । विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका थापाले कोशी प्रदेशबाट अन्य फ्रेन्चाइज लिगसमेत खेलेका छन् ।











