Logo
Logo

जसपा नेपालले प्रदेशस्तरीय विरोध सभा गर्दै


378
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्दैछ । २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको हो ।

प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, १४ गते मधेश प्रदेशको जनकपुरमा, १५ गते वीरगञ्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यसबीच जसपा नेपालले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण, पार्टी प्रदेश समितिहरुको अधिवेशनसमेत सम्पन्न गरेको छ ।

जसमा सङ्घर्षका कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारहरुमा विरोध कार्यक्रम र कोण सभा गर्नुका साथै पार्टीले उठाएका माग र मुद्दाहरु अंकित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यलयहरू अगाडि शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा÷जनसभा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्