Logo
Logo

बालेन र रविबीचको ‘वान टू वान’ वार्ता सकियो


756
Shares

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता भर्खरै सकिएको छ ।

The current image has no alternative text. The file name is: rabi-balen-2.jpg

मेयर शाहका सहयोगी कुमार बेनको निवासलाई वार्तास्थल बनाइएको थियो । सोही स्थानमा दुई नेताबीच केहीबेर छलफल भएको हो ।

वार्ता सकेर सभापति लामिछाने भर्खरै बाहिरिएका छन् । बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए ।

सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’ त्यसपछि उनलाई सञ्चारकर्मीले अर्को प्रश्न पनि गरेका थिए । ‘लौरो टेक्ने कि घण्टी बजाउने ?,’ उनलाई प्रश्न गरिएको थियो । जसको जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’

प्रतिक्रिया दिनुहोस्