Logo
Logo

बालेनसँग भेटपछि बाहिरिए रास्वपा नेता शिशिर खनाल


1.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता शिशिर खनाल बाहिरिएका छन् ।

The current image has no alternative text. The file name is: shishir-khanal.jpg

खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका निकट सहयोगी कुमार बेनको निवासमा पुगेर मेयर शाहसँग भेटवार्ता गरेका हुन् । भेटपछि उनी त्यहाँबाट निस्किएका छन् ।

यसअघि आजै मेयर शाहले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए । रवि लामिछाने बाहिरिएपछि शिशिर खनाल मेयर शाहलाई भेट्न पुगेका थिए ।

मेयर शाहले पछिल्ला दिनहरूमा जेनजी अभियानका अगुवा रक्षा बमसहित अन्य जेनजी अगुवा, कलाकार तथा निवर्तमान सांसदहरूसँग पनि निरन्तर छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्