काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् ।

भट्टराई ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा बालेनसँग भेटवार्ता गर्न पुगेका हुन् । भट्टराईको सचिवालयका अनुसार मेयर शाहकै आग्रहमा उनी भेटका लागि गएका थिए ।
मेयर बालेनले बिहानीदेखि नै विभिन्न राजनीतिक भेटघाट र छलफलहरूलाई निरन्तरता दिइरहेका छन् ।












