
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पछिल्लो समय विभिन्न राजनीतिक, सामाजिक तथा युवा अगुवाहरूसँग निरन्तर भेटघाट बढाएका छन् । यो क्रम विशेष गरी आगामी प्रतिनिधिसभा निर्वाचन तिर अनुमानितलाई मध्यनजर गर्दै वैकल्पिक शक्तिहरू एकजुट गर्ने प्रयासका रूपमा देखिएको छ ।
ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घर यसका लागि प्रमुख बैठकस्थल बनेको छ । आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, रास्वपाकै अर्का नेता शिशिर खनाल, उज्यालो पार्टीका नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमार सिंहले बालेनलाई भेटेका हुन् ।
बालेन र रविबीचमको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको बुझिएको छ । यसका लागि रविले लचकतापूर्वक पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे कुरा राखेका थिए ।
यस्तै बालेनसँग भेटघाटका लागि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि ललितपुरको ज्वागल पुगेका छन् । बाबुराम र बालेनबीच समयसामयीक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।












