काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा १६ हजार तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीसहित शैक्षिक क्षेत्रका अग्रजहरूले विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षित घोषणा गरे ।
यस वर्ष विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसम्म गरी ८९ हजार एक सय एक जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

दीक्षान्त समारोहको विशेष आकर्षणको रूपमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि भएका थिए ।












