काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहलाई भेट्न खग्रेन्द्र सुनार पनि पुगेका छन् । ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बनेको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न उनी त्यही पुगेका हुन् ।

उनले हाम्रो पार्टी नेपाल खोलेर चुनावी तयारी गरिरहेका छन् । यसअघि बालेनले त्यही घरमा रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट गरेका थिए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि बालेन भेट्न त्यही पुगेका छन् ।
बालेन जेनजीका विभिन्न प्रतिनिहरुसँग पनि सामुहीक भेटवार्ता गरेका छन् । जेनजीका तर्फबाट भेटमा सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायत उपस्थित रहेका थिए ।












