काठमाडौं । परराष्ट्र मन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् ।

आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए । निर्वाचन आउन ६९ दिन बाँकी रहँदा प्रधानमन्त्री कार्कीले आफूले सम्हाल्दै आएको परराष्ट्रमन्त्रालयको जिम्मा शर्मालाई दिएकी हुन् ।
शर्मा पहिले नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्र सङ्घमा फोर्स कमाण्डर थिए । त्यसैगरी, उनी सेना समायोजन विशेष समितिको संयोजक समेत रहिसकेका छन् । उनी कूटनीतिक क्षेत्रमा समेत विशेष दख्खल राख्ने पूर्वसैनिक अधिकृत मानिन्छन् ।












